३९ औं मगर दिवस नेपाल मगर संघ रामेछाप नगर समितिले  भव्य रुपमा मनाउने

  


रामेछाप । रामेछाप नगरपालिकाभित्र अस्तित्वमा रहेको तर संरक्षणको अभावमा लोप हुन लागेका मगर लोक, संस्कृतिहरुले विकृति रुपधारणा गरी मगर समुदायको मौलिक संस्कृतिमा चौतर्फी आक्रमण भइरहेको कुरालाई मध्यनजर गरी नेपाल मगर संघ रामेछाप नगर समितिले २०७७ माघे संक्रान्ति चाडलाई मगरहरुको प्रमुख चाडको रुपमा मनाउने क्रममा रामेछाप मगरको चिनारी मारुनी झ्याउरे नाँचको वृत्तचित्र समेत निर्माण गरिएको छ । यस वृत्तचित्र मगरको चिनारी मगर जातीको इतिहास संस्कार, संस्कृति, भाषा, भेषभूषा, रीतिरिवाजमा आधारित रहेर तयार गरिएको छ । वृत्तचित्रमा उल्लेख भएका इतिहास पात्रहरु मगर अनुसन्धानकर्ताहरुको खोज अनुसन्धानबाट प्राप्त प्रमाण र तथ्यमा आधारित छन् । नेपाल र विश्व इतिहासमा मगर जाति बारे भेटिएका ऐतिहासिक तथ्यलाई यस वृत्तचित्रमा संक्षेप्तमा उतार्ने प्रयास गरिएको छ । साथै मगर जातिको बाहुल्य रहेका देशभरका विभिन्न जिल्ला मध्ये रामेछाप एक हो । यो वृत्तचित्रमा रामेछाप नगरका मगरहरुको संस्कार संस्कृति, भाषा, रीतिरिवाजलाई विशेष महत्वको साथ प्रस्तुत गरिएको छ । यस्तै रामेछाप नगरपालिकामा मगरले नाच्ने मारुनी नाँच र झ्याउरे लोकभाका समेत समेटिएर तयार गरिएको उक्त वृत्तचित्र कोरोनाको असहज परिस्थितिको कारणले समयमै सार्वजानिक गर्ने अवस्था नरहेकोले यही फागुन १५ गते नेपाल मगर संघको ३९ औं स्थापना दिवसको अवसरमा सार्वजनिक गर्नुको साथै राष्ट्रिय जनजगणना २०७८ सम्बन्धी मगरहरुको चेतना अभिवृद्धि गर्ने कार्यक्रमको उद्देश्य रहेको जानकारी नगर समितिका अध्यक्ष राजु मगरले दिनु भएको छ । 


 
३९ औं मगर स्थापना दिवस मगर चिनारी वृत्तचित्र सार्वजनिक तथा राष्ट्रिय जनगणना २०७८ सम्बन्धी कार्यक्रमको प्रमुख अतिथि रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापा मगर, विशेष अतिथिहरु नेपाल मगर संघका पूर्व उपाध्यक्ष तथा सल्लाहकार खड्ग सारु मगर, नेपाल मगर संघ केन्द्रीय समितिका सचिव रक्ष बहादुर रैका मगर, विभिन्न राजनीति दलका प्रतिनिधि र सामाजिक संघसंस्थाका प्रमुखहरुलगायतलाई आमन्त्रण गरिएको छ । कार्यक्रम भव्य र सभ्य रुपमा सफल बनाउनको लागि नेपाल मगर संघ वडा समितिहरु आ–आफ्नो तहमा तीव्र रुपमा तयारी गरिरहेको र अन्तिम चरणमा पुगेको जानकारी गराएको छ ।
कार्यक्रम रामेछाप नगरपालिका–८, झक्रेचौर सामुदायिक भवनमा हुने भएको छ ।




 

Share:

No comments:

Post a Comment

झोर्ले अनलाइनमा प्रवेश गर्नेको संख्या

Video Posts

Recent


Ad Banner

Recent Post

Recent Comments






Translate

New Carousel

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Pages