• This is default featured slide 1 title

    Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by NewBloggerThemes.com.

  • This is default featured slide 2 title

    Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by NewBloggerThemes.com.

  • This is default featured slide 3 title

    Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by NewBloggerThemes.com.

  • This is default featured slide 4 title

    Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by NewBloggerThemes.com.

  • This is default featured slide 5 title

    Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by NewBloggerThemes.com.

प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता दोरम्बामा कण्ठेश्वर मा.विको सक्रिय सहभागिता

दोरम्बा गाउँपालिकाले आयोजना गरेको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७७  मंगलवारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन कण्ठेश्वर माध्यमिक विद्यालय टोकरपुरको सक्रिय सहभागिता रहेका छ । कार्यक्रमको केही झलकहरु


 





















Share:

खुलामञ्चलाई खुला राखौं’ –टहरा डोजर लगाएर भत्काइयो-jhorle

 


५ फागुन, काठमाडौं । सभा, सम्मेलन गर्ने स्थानमा घर टहरा बनाएको भन्दै काठमाडौं महानगरपालिकामा व्यापक जनगुनासो आएपछि महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाइएका टहराहरु डोजर लगाएर भत्काइएको छ । बुधवार बिहानै काठमाडौं महानगरपालिकाले डोजर लगाएर टहराहरु भत्काएको हो ।
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बसपार्क क्षेत्र बाहेकका संरचना हटाइएको जानकारी दिइन् ।
खुलामञ्च अतिक्रमण भएको भन्दै स्थानीयहरुले ‘खुलामञ्चलाई खुला राखौं’ नामक अभियान सुरु गरिएको थियो

Share:

इन्जिनियर पूजा कार्की घुस लिएको अभियोगमा पक्राउ–jhorle


काठमाडौं । धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्की घुस लिएको आरोपमा पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले कार्कीलाई ९५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने कामका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा डेराबाटै उनलाई नियन्त्रणमा लिएको हो । कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।
प्रेस विज्ञप्ति

जिल्ला धादिङ गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्कीले ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बील भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजन समेतको कामका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीद्वारा निज इन्जिनियर पूजा कार्कीलाई रु. ९५,०००।– (पन्चानन्बे हजार रुपैयाँ) अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित गंगाजमुना गाउँपालिका वडा नं. ५, धादिङ स्थित निजको डेराकोठाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
नारायण प्रसाद रिसाल

अख्तियार दुरुपयोग अनुसन्धान आयोग  


 


Share:

३९ औं मगर दिवस नेपाल मगर संघ रामेछाप नगर समितिले  भव्य रुपमा मनाउने

  


रामेछाप । रामेछाप नगरपालिकाभित्र अस्तित्वमा रहेको तर संरक्षणको अभावमा लोप हुन लागेका मगर लोक, संस्कृतिहरुले विकृति रुपधारणा गरी मगर समुदायको मौलिक संस्कृतिमा चौतर्फी आक्रमण भइरहेको कुरालाई मध्यनजर गरी नेपाल मगर संघ रामेछाप नगर समितिले २०७७ माघे संक्रान्ति चाडलाई मगरहरुको प्रमुख चाडको रुपमा मनाउने क्रममा रामेछाप मगरको चिनारी मारुनी झ्याउरे नाँचको वृत्तचित्र समेत निर्माण गरिएको छ । यस वृत्तचित्र मगरको चिनारी मगर जातीको इतिहास संस्कार, संस्कृति, भाषा, भेषभूषा, रीतिरिवाजमा आधारित रहेर तयार गरिएको छ । वृत्तचित्रमा उल्लेख भएका इतिहास पात्रहरु मगर अनुसन्धानकर्ताहरुको खोज अनुसन्धानबाट प्राप्त प्रमाण र तथ्यमा आधारित छन् । नेपाल र विश्व इतिहासमा मगर जाति बारे भेटिएका ऐतिहासिक तथ्यलाई यस वृत्तचित्रमा संक्षेप्तमा उतार्ने प्रयास गरिएको छ । साथै मगर जातिको बाहुल्य रहेका देशभरका विभिन्न जिल्ला मध्ये रामेछाप एक हो । यो वृत्तचित्रमा रामेछाप नगरका मगरहरुको संस्कार संस्कृति, भाषा, रीतिरिवाजलाई विशेष महत्वको साथ प्रस्तुत गरिएको छ । यस्तै रामेछाप नगरपालिकामा मगरले नाच्ने मारुनी नाँच र झ्याउरे लोकभाका समेत समेटिएर तयार गरिएको उक्त वृत्तचित्र कोरोनाको असहज परिस्थितिको कारणले समयमै सार्वजानिक गर्ने अवस्था नरहेकोले यही फागुन १५ गते नेपाल मगर संघको ३९ औं स्थापना दिवसको अवसरमा सार्वजनिक गर्नुको साथै राष्ट्रिय जनजगणना २०७८ सम्बन्धी मगरहरुको चेतना अभिवृद्धि गर्ने कार्यक्रमको उद्देश्य रहेको जानकारी नगर समितिका अध्यक्ष राजु मगरले दिनु भएको छ । 


 
३९ औं मगर स्थापना दिवस मगर चिनारी वृत्तचित्र सार्वजनिक तथा राष्ट्रिय जनगणना २०७८ सम्बन्धी कार्यक्रमको प्रमुख अतिथि रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापा मगर, विशेष अतिथिहरु नेपाल मगर संघका पूर्व उपाध्यक्ष तथा सल्लाहकार खड्ग सारु मगर, नेपाल मगर संघ केन्द्रीय समितिका सचिव रक्ष बहादुर रैका मगर, विभिन्न राजनीति दलका प्रतिनिधि र सामाजिक संघसंस्थाका प्रमुखहरुलगायतलाई आमन्त्रण गरिएको छ । कार्यक्रम भव्य र सभ्य रुपमा सफल बनाउनको लागि नेपाल मगर संघ वडा समितिहरु आ–आफ्नो तहमा तीव्र रुपमा तयारी गरिरहेको र अन्तिम चरणमा पुगेको जानकारी गराएको छ ।
कार्यक्रम रामेछाप नगरपालिका–८, झक्रेचौर सामुदायिक भवनमा हुने भएको छ ।




 

Share:

समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि प्रतिनिधिसभा विघटन :प्रधानमन्त्री ओली

 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका केही नेताहरुले समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि प्रतिनिधिसभा विघटन गर्नु परेको बताएका छन् ।

पार्टीभित्रका केही नेताहरुको अतिरिक्त आकांक्षाको बाछिटा संसदमा नपरोस् भनेर आफूले प्रयास गरेको भए पनि सफल नभएको उनले सुनाए ।

आफ्नो नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको दिन सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुरुदेखि नै अप्ठ्यारो भए पनि एक वर्षदेखि गठबन्धन सरकारको जस्तो नियती भोग्नु परेको बताए ।

सरकारले ल्याएका विधेयकहरु छलफलको नाममा अड्काउने, संवैधानिक निकायहरुमा नियुक्ति सिफारिस हुनै नदिने र भए सुनुवाई समितिमा अड्काउने काम भएको भन्दै उनले भने, ‘अनुपयुक्त ढंगले समानान्तर सत्ता सञ्चालनको अभ्यास भयो ।’

यदि संसद विघटन नगरेको भए एकीकृत पार्टी नहुने, कसैसँग बहुमत नहुनुका साथै स्थिरता आउने उनले दाबी गरे ।

Share:

देवघाट गाउँपालिकामा मदिरा निषेध


तनहुँ । गण्डकी प्रदेश अन्तरगत तनहुँ जिल्लाको देवघाट गाउँपालिका ‘मदिरारहित समाज निर्माण’को अभियानमा जुटेको छ । यसका लागि गाउँपालिकाले विभिन्न सचेतनामूलक कार्यक्रममा लागेको हो ।
गाउँपालिकाले विभिन्न वडामा स्थानीयवासीलाई भेला गराई मदिरा व्यवस्थापन तथा लागुऔषध नियन्त्रणका विषयमा सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । लागुऔषधको प्रयोग तथा बिक्री वितरणले मानिसको स्वास्थ्य बिग्रनुका साथै धन सम्पत्तिको समेत क्षति हुने भएकाले यसको नियन्त्रणका लागि पहल कदमी थालिएको गाउँपालिकाले जनाएको छ । 
मदिरा व्यवस्थापनका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरी सभ्य पालिकाका रूपमा यो गाउँपालिकालाई विकास गर्ने उद्देश्यले अभियान शुरु जनाएको छ । घरमा आउने अतिथि पाहुनाहरूलाई मदिराको अलावा दूध, दही, फलफूल र चियाले स्वागत गर्ने बानी बसाल्न आग्रह गरिएको छ । 
गाउँपालिकाका सबै वडामा मदिरा व्यवस्थापनसम्बन्धी सचेतना जगाउने कार्यक्रम सञ्चालन गरी विभिन्न टोल विकास संस्थाहरूलाई सक्रिय बनाई सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । उक्त कार्यक्रममा देवघाट इलाका प्रहरी कार्यालयका प्रमुख उज्वलराज सिलवालले मदिरा व्यवस्थापन र लागुऔषधको कारोबार तथा प्रयोग गरेमा हुने सजायका बारेमा सचेत गराएको बताउनुभयो । देवघाट घण्टाचुली पर्यटन क्षेत्रका अध्यक्ष खड्का आलेमगरले नमूना गाउँपालिका बनाउनका लागि सबै तह र तप्काबाट लागिपरेको हुँदा यो अभियान सफल पार्नका लागि सबैमा अनुरोध गर्नुभयो ।

Share:

नेपाल मगर संघ बाढिपिडित वडा ईकाई समितिको १९ औ बार्षिक साधरणसभा सम्पन्न

सञ्जय सिंजाली मगर
नवलपरासी । नेपाल मगर संघ बाढिपिडित वडा ईकाई समितिको १९ औ बार्षिक साधरणसभा तथा ७ औ अधिबेशन कानुङ बुद्ध बिहार तथा गुम्बा प्राङणमा संम्पन्न भयो ।
संघका अध्यक्ष पूर्णबहादूर सारु मगर, प्रमुख अतिथि बर्दघाट नगर समितिका सल्लाहाकार तथा मगर महिला संघ केन्द्रका सदस्य तारा राना मगर, बिशिष्ट अतिथि नेपाल मगर संघ बर्दघाट नगर समितिका अध्यक्ष पूर्णबहादूर राना मगर, बिशेष अतिथि नेपाल मगर बुद्ध संघका अध्यक्ष खडकबहादूर घर्ति मगर, अतिथिहरुमा निबर्तमान अध्यक्ष एव सल्लाहाकार रामबहादूर राना मगर, पूर्वअध्यक्ष एंव सल्लाहाकार बिष्णु राना मगर, पूर्व अध्यक्ष एंव सल्लाहाकार मन कुमारी सारु, पूर्व अध्यक्ष दल बहादूर थापा मगर, पूर्व उपाध्यक्ष तुल बहादूर पून मगर, नेपाल मगर बौद्ध सेवा समाज बर्दघाटका सदस्य होमबहादूर बुचा मगर, समाजसेवी एंव पूर्व सचिव लाल बहादूर थापा मगर, समाजसेवी दुर्गा हहादूर राना मगर, पूर्व सचिव पूर्ण सारु मगर, समाज सेवी राजेन्द्र बहादूर थापा मगर, समाजसेवी ईन्द्र बहादूर थापा मगरलगायतको उपस्थिति रहेका थिए ।
नेपाल बुद्ध संघका अध्यक्ष खडक बहादूर घर्ति मगरले बुद्ध भगवानबारे चर्चा गर्नु भएको थियो । मगर समुदायले बुद्ध भगवानको संस्कार अगाल्न सके जिवनयापन सहजमय रहने बताउनुभयो । 
त्यस्तै नेपाल मगर संघ बर्दघाट समितिका अध्यक्ष पूर्ण बहादूर राना मगरले एकतामा बाधिन आव्हान गर्नुभयो । मगर समुदाय एक हुन सके हरेक क्षेत्रमा सफल हुन सकिने बताउनुभयो । 
त्यस्तै नेपाल मगर महिला संघका सदस्य तारा रानामगरले महिलाहरु एक भएर लाग्नु पर्ने बताउनुभयो । मगर समुदायका पहिचान, इतिहासलगायत परपूर्वकालदेखि चल्दै आएको चाडपर्व सरकारले कटौती गर्दै आएकोमा ध्यानकषर्ण गराउनु भएको थियो ।
त्यस्तै निवर्तमान अध्यक्ष एंव सल्लाहाकार राम बहादूर रानाले समाज एउटै मनसाय लिएर हिड्न सके हाम्रो समुदाय सहि तरिकाल सहि बाटो अंगाल्न सक्न बताउनु भयो । यस समाजको यूवाहरुलाई सहि ठाउँमा परिचान गर्न सके हामी अझैमाथि पुग्नु सकिने राय व्यक्त गर्नुभयो ।
संघका अध्यक्ष पूर्ण सारु मगरले गोरे बहादूर खपाङ्गीको चर्चा गर्नु भएको थियो । खपाङ्गले एकता हुनुपर्छ भनेर नेपाल मगर संघ खडा गरेका थिए त्यसको फल स्वरुप आज हामी पछयाई रहेको छौ । गोरे बहादूरको देन हामीले कदर गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रमबाट नयाँ समिति चयन गरेको छ जसअनुसार अध्यक्ष पूर्ण सारु मगर, उपाध्यक्ष भविसर बगाले मगर, सचिव पूर्ण बहादूर थापा मगर, कोषध्यक्ष अमृता राना मगर, सहसचिव भिम बहादूर थापा मगर, सदस्यहरुमा मिना अस्लामी मगर, मिना बगालै मगर, भूमा सिँजाली मगर, मधु थापा मगर, कोपीला लुङगेली मगर, पबि थापा मगर, ईन्द्र बहादूर थापा मगर, पर्शुराम सारु मगर, प्रेम बहादूर मगर, कमला थापा मगर रहेका छन् ।  नया कार्य समितिलाई निबर्तामान एव सल्लाहाकार रामु राना मगरले सपथ ग्रहण गराउनु भएको थियो । 


Share:

पहिचानसहितको संघीयता जातीय राज्य होइन


चम्पक सुनुवार ‘किराती’
संघीयता भनेको राज्य शक्तिको बाँडफाट तथा Non-Centralization को मान्यताअनुसार अधिकार केन्द्रमा नरहने व्यवस्था हो । नश्लवाद तथा एकात्मक राज्यसत्ताको अन्त्य गरी बहुराष्ट्रिय सबैको न्याय, समानता, स्वतन्त्रता, सामान अधिकार, पहिचान, अस्तित्व र पूर्ण सामानुपतिक समावेशिताको माग हो । जहाँ केन्द्र, स्वायत्त प्रदेश र संरक्षित क्षेत्र, विशेष क्षेत्रको संरचना अनुसार राज्य सञ्चालन गर्दै राज्यद्वारा सदियौदेखि बहिष्करण तथा उत्पीडिनमा पारिएका श्रमजीवी वर्ग, उत्पीडित जाति (राष्ट्रियता), पिछडा वर्ग, महिला, सिमान्तकृत समुदायलाई अधिकार सम्पन्न गराउँदै सामाजिक न्यायको सिद्धान्तअनुसार आत्मासम्मान र स्वाभिमानको प्रत्याभूति एवम् सामाजिक मुक्तिको सवाल हो । यो कुनै जाती वर्ग समुदायविरुद्ध नभई शान्ति, सुशासन, समृद्ध, विभेदरहित राष्ट्रिय एकता सहितको सुन्दर नेपाल निर्माणको परिकल्पना हो ।
सङ्घीय गणतन्त्र नेपालको प्रदेशहरुको नामकरण गर्ने सन्दर्भमा ऐतिहासिक थात थलोमा आधारित मानवजनित भुगोललाई लिम्बुवान, किराँत, ताम्सालिङ, नेवाः, मगरात तमुवान, मधेस आदि नाम राखेमा कसैले टाउको दुखाइ बस्नु आवश्यक छैन । कतिपयले यी ऐतिहासिक मानवीय सभ्यता र नामलाई जतिसुकै घुमाएर गलत अर्थ लगाए पनि साँचो अर्थमा पहिचानसहितको संघीयता नेपालको लागि न्याय, समानता, स्वतन्त्रता, सह–अस्तित्व तथा सबैखाले विभेद, अन्याय एवम् सामाजिक मुक्तिको प्रमुख बाटो हो । जसले जतिसुकै ठूला कुरा गरेता पनि संसारमा सामाजिक मुक्तिविना विकास सम्भव भएको देखिदैन । जहाँ उत्पीडन, अन्याय हुन्छ त्यहाँ विद्रोह हुन्छ । जहाँ विद्रोह हुन्छ त्यहाँ अशान्ति हुन्छ । यी चिजहरु विकास र समृद्धिका बाधक हुन् ।
विश्वमा संघीय राज्यहरू निर्माण गर्दा प्राय उत्पीडित जाति (राष्ट्रिय), भाषा, वर्ग वा ऐतिहासिक थातथलोलाई प्रमुख आधार मानेर राज्य–प्रदेशहरु निर्माण गरिएको पाइन्छ । जस्तैः हाम्रो छिमेकी राष्ट्र भारतमा करिब ५०० भन्दा बढी जात/जाति तथा भाषा/भाषी रहेता पनि पनि पहिचानजनित प्रदेश/राज्यहरु तामिलनाडु, पन्जाव, विहार, मिझोर, नागाल्याण्ड, केरला, तेलङ्गना आदिलाई उदाहरणका रुपमा लिन सकिन्छ । मानवीय पहिचान विरोधीहरुले यो बुझ्नुपर्छ कि के आज बिहारमा बिहारीले मात्र अधिकार पाएका छन्  र ? के त्यहाँ  बिहारमा बिहारी मात्र बस्छन् र ? बिल्कुल हैन र मानवीय पहिचान राख्दैमा एकले अर्काको अस्तित्व नामेट पार्ने र त्यहाँबाट अन्य समुदाय र उनीहरूको संस्कार, संस्कृति भाषा, धर्म  सिध्याउने भन्ने हैन र यस्तो हुन पनि सक्दैन । बरु त्यहाँ संविधान अनुसार सबैको अस्तित्व, पहिचान र अधिकारलाई राज्य शक्ति र हरेक क्षेत्रमा समान पहुँच र उपस्थितिको सुनिश्चित हुन्छ ।
त्यस्तै गरी वर्तमान शक्तिशाली विकशित राष्ट्रहरु आइरिसको थात्थलो आयरल्याण्ड, इङलिस हरुको थात्थलोबाट इंग्ल्याण्ड, इस्क्ट्लान्डहरु पनि पहिचानजनित state राज्य(प्रदेश) हुन् । यी माथिको केही उदाहरणबाट प्रष्ट हुन्छ जातीय राज्य र पहिचानजनित प्रदेश अलग हुन् । नेपालको सन्दर्भमा पहिचान÷ संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीताको मुद्दाले मधेस आन्दोलन, तत्कालीन माओवादी दशवर्षे जनयुद्ध, आदिवासी जनजाती आन्दोलन, लिम्बुवान आन्दोलन, २०६२/६३को ऐतिहासिक जनआन्दोलन पश्चात् व्यापकता पायो भने राष्ट्रिय एजेन्डाको रुपमा विकसित भयो । राज्य पुनःसंरचनाको सन्दर्भमा सडकदेखि सदन र सामाजिक संजाल, गाउँ, सहर, टोल जताततै पहिचानसहितको संघीयताको व्यापक बहस र छलफल भएको थियो । पहिचानसहितको संघीयताले व्यापकता र राष्ट्रिय रुप लिएपछि तत्कालीन एमालेभित्र पनि पहिचान÷संघीयता पक्षधर र विपक्ष मात्र भएनन् । पार्टीको आठौं महाधिवेशनले गरेको अग्रगामी निर्णयबाट केन्द्रीय नेताहरु प्रतिगमनतिर गएको निष्कर्षका साथ सबैभन्दा बढी मतले केन्द्रीय उपाध्यक्ष जितेका पूर्वमन्त्री अशोककुमार राईको नेतृत्वमा अग्रगामी विचार समूह गठन गरेका थिए भने मन्त्री तथा सभासद भइसकेका केन्द्रीय नेताहरु क्रमशः संघीयताविद् पूर्वमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, पूर्वमन्त्री रकम चेम्जोङ लिम्बू , पूर्वमन्त्री हेमराज राई, रणध्वज कन्दङ्वा लिम्बू, अजम्बर राई काङमाङ, महेन्द्र थापा मगर, कर्णबहादुर बुढा मगर, डा. गणेश योन्जन, प्रेमकृष्ण पाठकआदि नेताहरुले पार्टी परित्याग गरी संघीय समाजवादी पार्टी, नेपाल स्थापना गरेका थिए ।
उक्त नवगठित पार्टीमा कांग्रेस, माओवादी लगायत अन्य पहिचान सहितको संघीयता पक्षधर नेताहरु पनि गोलबन्द हुन आएका थिए । तर तत्कालीन एमाले संघीयता विरोधी पार्टीको रुपमा आफूलाई जनतामाझ परिचित गराउन पनि सफल नभएको हैन । त्यतिखेर आफूलाई एमाले भन्नेहरु संघीयताले देश टुक्र्याउछ भनेर जनतामाझ भ्रम छर्न पनि पछि परेनन् । तर तिनै कहिल्यै नमिल्ने, सधैं जुधिरहने तत्कालीन एमाले र तत्कालीन माओवादी एकीकरण गरी बनेको नेकपा डबल पार्टी वर्तमान संघीय प्रदेशको सात मध्ये ६ वटा प्रदेशमा मुख्यमन्त्री चलाइरहेका छन् ।
यसरी राजनीतिमा जनतालाई भ्रम छर्दै सत्तासिन हुनु कतिको जायक र न्यायसंगत छ ? एमाले र माओवादी मिल्छ भनेर कसैले सोचेका थिए होलान् त ? पक्कै पनि थिएन तर यिनीहरु भित्र पनि आफनै स्वार्थ लुकेका छैनन् भनेर भन्न सकिन्न ।
अर्को कुरा संघीयताको लागि भुगोल, इतिहास, भाषा, धर्म, संस्कार, संस्कृति तथा सभ्यता अति अपरिहार्य हुन्छ भने नेपालको संघीयता नदी, नाला, वनजङ्गल, डाँडाकाडा, पाखापखेराले मागेका हैनन् । प्रशासन चलाउन गाह्रो भएर ल्याइएको पनि होइन । तथापी उत्पीडित जाती, वर्ग समुदायको असंख्य त्याग, बलिदानीबाट प्राप्त ऐतिहासिक उपलब्धि हो भन्ने कुरा घाम जतिकै छर्लङ्ग छ । अहिले नेपालमा सत्तासिनहरुको गतिविधिलाई नियाल्दा जनतालाई वास्तविक लोकतान्त्रिक गणतन्त्रको प्रत्याभूत गराउन नसकेको हो कि भन्ने देखिन्छ ? जहाँ शासक परिवर्तन भएता पनि चरित्रहरु सामन्ती नै झल्किएका देखिन्छन् । दिनहुँ जस्तो भ्रष्टाचार, हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराधहरु बढिरहेका देखिन्छन् । संबैधानिक एवम् राजनैतिक शक्तिको हिसाबले क्रमशः नेकपा डबल, कांग्रेस, समाजवादी पार्टी र राजपा यी चारवटा दलहरु राष्ट्रिय मान्यता प्राप्त छन् । अब यिनीहरू मध्य कुन चाहिँ असली पहिचान र संघीयतावादी हो भन्ने कुरा चासो र बहसको विषय बनेको छ ।
पहिलो संविधानसभाले संघीयताको पाँच आधार तय गरिएको थियो र नेपालको अन्तरिम संविधान २०६३ मा विधिवत रुपमा उल्लेख गरिएको छ भने राज्य पुनःसंरचना सम्बन्धि संघीय प्रदेशको नामन्कन सिमांकनबारे नेपालको संविधान २०७२ को प्रस्तावना साथै  नेपालको अन्तरिम संविधान २०६३ को धारा १३८.१(क) ले प्रष्ट पारेको छ । त्यसैले लिम्बुवान, किरात, ताम्सालिङ, नेवाः तमुवान, मगरात, मधेस जस्ता प्रदेश कुनै जातिय नाम नभै ऐतिहासिक एवम् मानवीय सभ्यता हो । राज्यले एक पटक स्वीकार गरिसकेको कुरा हो भने थुप्रै इतिहासविदहरुको किताबमा वल्लो किराँत, माझ किराँत, पल्लो किराँत, तमुवान, मगरात, ताम्सालिङ भन्ने भेटिन्छ ।
तसर्थ यसलाई अन्यथा लिएर षड्यन्त्रमुलक ढंगले गलत व्यख्या गर्दै जातिय विल्ला भिराउन खोज्नु भनेको संघीयता÷पहिचान, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता विरोधी पश्चगामी, यथास्थितिवादी हर्कत हो जसले देशमा अशान्ति द्वन्द्वको सृजना गर्दछ ।
राष्ट्रियता भनेको विविध जात÷जाती र भाषा÷भाषी हो । यी विविध जात÷जाती, भाषा÷भाषीको एकता नै राष्ट्रिय एकता हो । यद्यपि लिम्बुवान,  किराँत, ताम्सालिङ, नेवाः, मगरात, तमुवान आदि प्रदेशहरु ऐतिहासिक सभ्यता एवम् सबैको साझा भूगोलको रुपमा स्वीकार्दै त्यहाँभित्र सबै जाती, वर्ग समुदायको समान अधिकार, पहिचान, अस्तित्व, भाषा, धर्म संस्कृतिलाई संरक्षण सम्बर्द्धन गर्ने संकल्पका साथ शान्ति र समृद्धिको निमित्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकास गर्नुको विकल्प छैन ।
(लेखक सुनुवार संघीय खेलकुद महासंघ नेपालको केन्द्रीय सदस्य हुन) 
–सार्वजनिकडटकमबाट
इमेल ःchampkoinch1994@gmail.com
फोन न.: ९८४९२८८२७८ 

नोट : वर्ष–४, अंक–३८ झोर्ले साप्ताहिक पत्रिकामा प्रकाशित ।


Share:

नेपाल मगर संघ पाल्पा–काठमाडौं सम्पर्क समितिको वनभोज कार्यक्रम सम्पन्न

झोर्ले, काठमाडौं । विश्वमा छरिएर रहेकोे मगरहरुको ऐतिहासिक कालखण्डमा मगरहरुको इतिहास बिरासत र आदिमभूमि रहेकोे पाल्पा जिल्ला जहाँ नेपाल भरिकै मगरहरुको बढी जनसंख्या रहेकोे र भाषा, धर्म, कला, संस्कृति, रहनसहन र सभ्यता आदिको पृष्ठभुमि रहेको पाल्पा जिल्लाको नेपाल मगर संघ पाल्पा–काठमाडौं सम्पर्क समितिद्वारा वार्षिक भेटघाट तथा वृहत वनभोज कार्यक्रमको आयोजना गरेको छ । 
‘अधिकार सहितको हाम्रो पहिचान, समृद्ध मगर हाम्रो अभियान’ मूल नारासहित शनिबार थानकोट त्रिभुवन पार्कमा सम्पन्न  कार्यक्रममा राष्ट्रिय स्तरका मगर कलाकारहरुको बेजोड प्रस्तुति रहेकोे थियो । 
कलाकारहरुले पुर्वमेचीदेखि पश्चिम महाकाली, उकाली, ओराली, भञ्ज्याङ्, चौतारी, लेक,वेशी, कुना, कन्दरामा गुन्जने निकै नै मन छुने नेपाली लोक गीत–संगीत, मौलिक कौरा, झ्याउरे, मगर भाषा गीतलगायतको भाकाहरुमा प्रस्तुति रहेको थियो । उक्त कार्यक्रममा मगर र्राष्ट्रिय लोकदोहोरी संघको महासचिव डोलराज बाह्रघरे मगर, कोलगेट इमेज लोकदोहोरी प्रतियोगिताको बिजेता अन्जना सारु मगर, त्यस्तै र्राष्ट्रिय स्तरका कलाकारहरु सिर्जना आले मगर, बसन्ती सुनारी मगर, प्रिया मगर, शिव मगर, रमिता मास्की मगर, गायित्री थापा मगरलगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो । कार्यक्रम नेपाल मगर संघ पाल्पा–काठमाडौं सम्पर्क समितिका अध्यक्ष आकाश आले मगरको सभापतित्व र संचालन गोपाल राना मगरले गर्नु भएको थियो भने नेपाल मगर संघका केन्द्रीय, प्रदेश, जिल्ला सम्पर्क समितिका पदाधिकारीहरुको उपस्थिति रहेका थियो । 

नोट : यो समाचार वर्ष–४, अंक–३८ झोर्ले साप्ताहिक पत्रिकामा प्रकाशित रहेको छ ।

Share:

क्यान्सर पीडित दिपेश मगरलाई आर्थिक सहयोगको अपिल

झोर्ले, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा न. ११ साविक सिन्धुकोट गाविस वडा न. ८ बस्ने दिपक थापा मगरको छोरा दिपेश थापा मगरलाई छाति क्यान्सर भएको र निजको आर्थिक स्थिति कमजोर भइ उपचार गर्न समस्या परेकोले थप उपचार खर्चको लागि आर्थिक सहयोग गरि दिन मलेम्ची नगरपालिका ११ नम्बर वडा कार्यालयले आमसर्वसाधारणमा अनुरोध गरेको छ । सो अनुरोध वडाध्यक्ष रुद्रप्रसाद दुलालद्वारा हस्ताक्षरित अनुरोध पत्रमा उल्लेख छ । साथै भक्तपुर क्यान्सर हस्पिटलले पनि ११ वर्षे दिपेश थापा मगरको विशेषज्ञको सल्लाह अनुसार थप उपचार गर्नुपर्ने जनाएको छ ।  क्यान्सर पीडितका बुबा दिपक थापा मगरले झोर्ले साप्ताहिकसंग संक्षिप्त कुराकानी गर्दै आफन्त र शुभेच्छुकहरुसंग आर्थिक सहयोगको लागि अपिल गर्नुभयो । उहाँले देश तथा विदेशमा रहनु हुने सम्पुर्ण दाजुभाइ, दिदिबहिनी, आमाबाबु सामु सहयोगको अपेक्षा गर्नु भएको छ । उहाँलाई सहयोग गर्न चाहनु हुन्छ भने पीडितको बुबाको सम्पर्क नम्बर ९८८६ ४११३८८ सम्पर्क गरि सहयोग गर्न सक्नुहुन्छ ।

 नोट : यो समाचार वर्ष–४, अंक–३८ झोर्ले साप्ताहिक पत्रिकामा प्रकाशित रहेको छ ।

Share:

विपद् व्यवस्थापन समाजको तेस्रो साधारणसभा सम्पन्न

ओखलढुंगा विपद् व्यवस्थापन समाजको तेस्रो वार्षिक साधारणसभा एलिनाज बेकरी क्याफे बानेश्वरमा सम्पन्न भएको छ । पूर्वसञ्चारमन्त्री तथा प्रतिनिधिसभा सदस्य राम कार्कीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा विभिन्न राजनैतिक दलका नेता, बुद्धिजीवी, सामाजिक अभियान्ता, उद्यमी, व्यापारी, संचारकर्मीलगायत व्यक्तित्वहरुको उपस्थितिमा उक्त साधारणसभा सम्पन्न भएको हो । बिनाशकारी शक्तिशाली महाभुकम्पको पुर्ण रुपमा क्षति बेहोरिरहेको ओखलढुंगाका पीडितहरुलाई आवश्यकीय राहत,उद्दार, पुनःस्थापना, पुनःनिर्माण र आपतबिपदबाट बचाउने आदि उद्देश्यमा केन्द्रित रहि ओखलढुंगाको भूपूमन्त्री, संविधानसभा सदस्यहरु, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता ,सम्पर्क मञ्च समितिहरु, विभिन्न गैरसरकारी सस्था, पत्रकार, साहित्यकार, कलाकार, प्राज्ञिक तथा प्रतिष्ठितहरुको सम्मिलित भेलाले प्रेम नारायण प्रेमीको संयोजक र महेश कर्माचार्यको सहसंयोजक र अन्य सदस्यहरुले कार्यसमिति चयन गरि ओखलढुंगाको सामाजिक, आर्थिक राजनैतिक, शैक्षिक, स्वास्थ तथा सुरक्षा र समग्रमा आपतबिपद् परेकाहरुलाई सक्रिय र निरन्तर रुपमा सहयोग गर्दै आईरहेको सामाजिक सस्थाको तेस्रोपटकको साधारणसभा नेकपा प्रदेश १ सदस्य पेशल खतिवडाको अध्यक्षतामा १५ सदस्यको कार्यसमितिको गठन भएको छ । समितिको अध्यक्षतामा पुनः पेशल खतिवडा ,सहअध्यक्षमा गुरु केदार बराल, उपाध्यक्षमा बाबुराम श्रेष्ठ, महासचिवमा सम्झना प्रेमी, सचिवमा इन्दिरा निरौला, कोषाध्यक्ष संगिता तामाङ, सदस्यहरुमा कुमार लुईटेल,सुरेन्द्र कुमार बोगटी, बाबुराम गौतम, युवलाल विश्वकर्मा, रमेशकुमार तामाङ, मिना सुबेदी, लिलादेवी धमला, अम्बिका भट्टराई, नबिन्द्र खतिवडालगायतका सदस्यहरु सर्वसम्मत चयन भएको छ ।
उक्त साधारणसभामा प्रमुख अतिथि पुर्वमन्त्री तथा प्रतिनिनिधसभा सदस्य राम कार्कीले शुभकामना मन्तव्य दिदै आफ्नो पुर्व गाउँ ओखलढुंगाको माटो र साथीभाई र आफन्तहरुलाई सधै सम्झीरहेको र ओखलढुंगाको समग्रमा विकासको निम्ति सरकारी निकाय समक्ष आवश्यकीय पहलहरु अघि सार्ने प्रतिबद्धता गर्नु भयो । ओखलढुंगा बिपद व्यवस्थापन समाज एउटा सामाजिक सेवाको साझा संस्था भएकोले दलगत राजनीतिक गतिविधिहरु बाहिर रहेर काम गर्नु पर्ने बताए । त्यस्तै महाधिवेशन समिति सदस्य बालकृष्ण दाहालले पनि शुभकामना मन्तव्य राख्दै आफू ओखलढुंगाको सर्वागिण विकासको निम्ति सधै कृयाशिल रहेको बताए । त्यस्तै ओखलढुंगा बिपत व्यवस्थापन समितिले ओखलढुंगाको संसार भर छरिएर रहेका सम्पूर्ण सामाजिक सेवामा आबद्ध रहेका अभियान्ताहरु बीच आपसी सम्बन्ध स्थापित गरि आफू जन्मेको जिल्लालाई दीर्घकालीनसम्म आपतबिपतमा परेकाहरुलाई सहयोग गर्ने र जिल्लाको प्रत्येक गाउँलाई सुविधायुक्त्त र स्तरीय बनाउन तथा जिल्लाको सामाजिक सेवाहरुलाई सधै जिल्लाबासीहरुको पहुँच र सर्वसुलभता कायम गर्न सधै प्रयत्नशील रहने बिपत ब्यबस्थापन समाजको सहअध्यक्ष गुरु केदार बरालले बताए,साथै आगामी दिनहरूमा ओखलढुंगा बिपद व्यवस्थापन समिति कुनै पनि राजनैतिक दलको कुनै पनि आग्रह पुर्वाग्रह भित्र नरही स्वतन्त्र नागरिक समाज र सामाजिक अभियान्ता रुपमा काम गर्ने बताए ।
प्रस्तुती : आदित्य मगर
प्रकाशित मिति २०७६ माघ २३ गते विहीवार





Share:

झोर्ले अनलाइनमा प्रवेश गर्नेको संख्या

Video Posts

Recent


Ad Banner

Recent Post

Recent Comments






Translate

New Carousel

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Pages